Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से परिसूचक ३.७६ अंकले बढ्यो, कारोबार रकम १ अर्बमा झर्‍यो

काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३.७६ अंकले वृद्धि भएर १९९३.०२ विन्दुमा अडिएको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँ कारोबार भएको छ। आइतबारको तुलनामा सोमवार कारोबार रकम भने गिरावट आएको छ।

सोमबार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेका १३ उपसमूह मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक छ भने चार उपसमूहको परिसूचक नकारात्मक रहेको छ। जसमा सबैभन्दा बढी फाइनान्स उपसमूहको १.८९ प्रतिशत र होटल एण्ड टुरिजम उपसमूहको १.३२ अंकले बढेको छ।

म्युचुअल फण्डको भने सबैभन्दा बढी १.१२ प्रतिशतले घटेको छ। सोमबारको कारोबारमा विन लघुवित्तको शेयर मूल्य ७.४८ प्रतिशतले बढेको छ। रिलायन्स फाइनान्सको ६.६४ प्रतिशतले बढेको छ। तर, यता रुरु हाइड्रो पावर कम्पनीको शेयर मूल्य भने ५.७० प्रतिशतले घटेको छ। सोमबार नेपाल टेलिकमको ११ करोड बराबरको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077