Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा रायमाझी मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनयन गरेका छन् ।

कांग्रेस संसदीय दलको नेता समेत रहेका देउवाले सांसद रायमाझीलाई दलको नेतामा मनोनयन गरेका हुन् ।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम रायमाझीलाई दलको नेतामा मनोनयन गरेको प्रधानमन्त्रीको निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

तत्कालीन कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077