Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलको नेटवर्क अवरुद्ध हुँदा दूरसञ्चार प्राधिकरण बेखबर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)लाई एनसेलको नेटवर्क र एप अवरुद्धबारे केही जानकारी नभएको पाइएको छ ।

आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल लागेको छैन । एनसेलको एप पनि अवरुद्ध छ ।

एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । एनसेलले सेवाग्राहीहरुलाई सेवा अवरुद्धको विषयमा कुनै पनि जानकारी दिएको छैन ।

एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने र एप नचल्ने समस्या आएपछि लाखौं सेवाग्राही सम्पर्कविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077