Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँको सिको गर्दै पोखरा : अन्डरग्राउन्डलाई पार्किङ बनाउन महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ । पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गराइ अन्य व्यवसाय गरिरहेकालाई ३५ दिनभित्रमा खाली गर्न निर्देशन गरेको छ।

महानगरले सोमबार सूचना प्रकाशित गरी घरधनीलाई भूमिगत तलालाई खाली गरी पार्किङ प्रयोजनमा ल्याउन निर्देशन दिएको हो ।

पछिल्लो समय काठमाडौँ महानगरपालिकाभित्र नक्सा पास नगरी बनाइएको बेसमेन्टलाई खाली गराउने अभियानलाई तीव्रता दिएको छ । पोखराले पनि काठमाडौँको सिको गर्दै ३५ दिनमा बेसमेन्ट खाली गराउन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला सहितका भवनहरूको भूमिगत तला पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनु भएका घरधनीहरूलाई आजका मितिले ३५ दिनभित्र भूमिगत तला खाली गरी पार्किङ रुपमा प्रयोगमा ल्याउनु हुन अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम हुने ब्यहोरा जानकारी गराइन्छ ।’

नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तला पार्किङका रुपमा ल्याउन घरधनीलाई आग्रह गर्दै सूचना अनुरुप पार्किङमा प्रयोग नगरेमा कानुनी कारबाही गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077