Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियामा बाढीको उच्च जोखिम, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै । बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, दाङ, बाँके, सल्यान, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका क्षेत्र भइ बहने साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077