काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
यस्ता छ कार्यसूची :