Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साताको पहिलो कारोबार दिन नेप्सेमा ३३ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट हुँदा दुई हजारको बिन्दुबाट तल झरेको छ ।

असार अन्तिम साता दुई हजार अंकको बिन्दुबाट माथि लागेको नेप्से २२ सयको नजिक पुगेर करिब डेढ महिनापछि पुनः दुई हजार अंकको बिन्दुबाट तल झरेको हो ।

साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३.३६ अंक (१.६५ प्रतिशत) ले गिरावट भएर १९८९.२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ ।

जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077