Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीका कारण पाकिस्तानमा १०३३ को मृत्यु, नेपालको भन्दा दुई गुणा बढी जनसंख्या प्रभावित

 

एजेन्सी । पाकिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । हजारौं घाइते वा विस्थापित भएका छन् ।

जियो न्यूजले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई उद्धृत गर्दै गत जुन १४ देखि वर्षा र बाढीका कारण कम्तीमा १,०३३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

अर्कोतिर, सो अवधिमा १,५२७ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै करिब ११९ जनाको मृत्यु भयो भने ७१ जना घाइते भएका छन् ।

पाकिस्तान सरकारले बाढी पहिरोका कारण भएको क्षतिमा जनतालाई राहत दिन प्रयास गरिरहेको जनाएको छ। तर, बाढीको क्षति बढ्दै जाँदा सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि आग्रह गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका अनुसार बाढीका कारण ३ करोड ३० लाख मानिस प्रभावित भएका छन्। यो भनेको पाकिस्तानको कूल जनसंख्याको १५ प्रतिशत हो।

अधिकारीहरुले जलवायु परिवर्तनका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077