काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । सभाको बाह्रौँ अधिवेशनको ४८ औँ बैठक अपराह्न १ बजे बस्नेछ ।
भोलिको बैठकको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।
त्यस्तै राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि रहेको छ ।
त्यस्तै फुयाँलले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका विभिन्न विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउनेछन् ।