बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीका जनप्रतिनिधिले विकासको गफ होइन काम गर्छन् भन्ने पुष्टि भएको बताएका छन ।
बुटवल १० स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले जनताको चाहनाले क्रमशः सार्थकता पाएको बताएका हुन् ।
उनले रुपन्देही ‘विकासको रोलमोडल’ बन्दै गएको बताए । पूर्वअर्थमन्त्रीसमेत रहेको पौडेलले कुनै बेला आयोजनाको छनोट, बजेट प्रबन्ध जनप्रतिनिधि केन्द्रित भए पनि अहिले योजनाको क्रमश उद्घाटन गर्ने चरणमा पुगेको बताए ।उनले भने, ‘विकासका नयाँ–नयाँ मानक स्थापित गर्न रुपन्देही सफल भएको छ ।
यहाँको विकास अरुका लागि हेर्न लायक बनेको छ । यो सम्मेलन केन्द्र त्यसैको प्रमाण हो ।’ उनले लुम्बिनीको विकास गुरुयोजना पूरा नहुँदा योजना कार्यान्वयन हुन नसकेको बताएका छन् ।
पौडेलले विमानस्थलको सेकेण्ड फेजका काम बाँकी रहेको र त्यसका निमित्त केही बजेट प्रबन्ध भएको भन्दै सरकारलाई ’गो हेड फर’ भन्न आग्रह गरे ।
Leave a Reply