Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु पौडेलले भने – बुटवलवासीको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना पूरा भयो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना पूरा भएको बताएका छन् ।

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बुटवल आउन लागेका पौडेलले सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेख्दै भने, ‘बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने सपना हाम्रो सपना पूरा भएको छ ।’

बुटवल मण्डपका लागि जग्गा प्राप्तिदेखि सम्मेलन केन्द्र र प्रदर्शनी स्थलको निर्माणका लागि अगुवाइ गरेका पौडेलले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको

सफल सञ्चालन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, कार्यक्रम, प्रदर्शनी एवं बैठकहरू आयोजना भई आर्थिक विकासमा थप मद्दत पुग्ने आशा लिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077