Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघको तालाबन्दीविरुद्ध त्रिविमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा आज त्रिभुवन विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले सो तालाबन्दीको विरोधमा विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठन पाठन गर परिक्षाको मर्यादा कामय गर भन्दै नारा लगाउँदै अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेविसंघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिबिकेन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077