Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंसिर ४ काे चुनावमा ८७ दल लड्न पाउने

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने उल्लेख छ ।

आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको थियो ।

राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको कुल संख्या ८७ कायम गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077