Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहिबार दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं।  बिहिबार  सेयर बजार परिसूचक (नेप्से)मा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३६ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । सुरुवाती ३ घण्टामा बल्ल अर्ब नाघेको कारोबार रकम अन्तिम घण्टामा नेप्सेमा गिरावट हुँदा घट्दो बजारमा सेयर किन्ने बढेसँगै कारेबार रकम उकालो लागेको हो । यो सातको आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो भने बुधबार १ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

तर, बिहीबार भने नेप्सेमा ४२ लाख ३४ हजार ११७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३७ हजारको कारोबार भएको छ ।
जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको ११ करोड २४ लाख ६५ हजारको कारोबार हुँदा रिडी पावरको पावरको ९ करोड ४१ लाख २८ हजार र नेष्डो समृद्धि लघुवित्तको ८ करोड ३१ लाख ४० हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । बिहीबार कारोबार भएका मध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ८.९३ प्रतिशतले वृद्धि हुँदा नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य २.०७ प्रतिशतले बढेको छ । यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ५.८२ प्रतिशतले गिरावट भएको छ । यस्तै मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ४.२७ प्रतिशत र खानिखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.१८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077