Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ ।

भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट नयाँ नोट साट्ने तयारी भइरहेको मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालले जानकारी दिए ।

राष्ट्र बैंकले सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० दरका सय–सय थान नोट सटही सुविधा दिने छ। यसरी बढीमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोटको सटही सुविधा दिने दाहालले बताए । २० गतेअघि नयाँ नोटको बारेमा बैंकहरूलाई सूचित गराउने राष्ट्र बैंकको तयारी छ ।

अघिल्ला वर्षको मागलाई हेर्दा यो वर्ष पनि राष्ट्र बैंकसँग भएको नयाँ नोट प्रयाप्त हुने उनको आकलन छ ।

गत वर्षको दसैँमा ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । यो वर्ष भने कति नयाँ नोट बजारमा पठाउने भनेर अहिलेसम्म प्रारम्भिक छलफल नभएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077