काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले वामपन्थी शक्तिहरू मिल्नुपर्ने लिखित प्रस्ताव पेश गरेका छन् ।
बिहीवार बसेको एमाले पोलिटब्युरो बैठकमा उनले आसन्न मंसिर ४ को निर्वाचनमा फेरि एकपटक वामपन्थी शक्तिहरू एक हुनुपर्ने र त्यसको नेतृत्वमा एमालेले गर्नुपर्ने प्रस्ताव पेश गरेका हुन् ।
नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा विभाजनका कारण १५० सिट गुमाउनुपरेको बताएका छन् । पार्टी स्थायी कमिटी बैठकमा फरक मत राख्दै नेता भुसालले यस्तो हिसाव राखेका हुन् ।
उनले स्थानीय तहको चुनावी परिणामलाई गम्भीर रुपमा लिनुपर्ने बताउँदै भुसालले वामपन्थी शक्तिहरू एक भएमा निर्वाचनमा दुई तिहाई स्थानमा जित हात पार्ने दाबी गरे ।
त्यस्तै मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि वाममोर्चा बनाउन जोड गरेका छन् ।
यस्तो छ प्रस्तावको पूर्णपाठ
