Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकताबारे राष्ट्रपतिले सैनिकसँग परामर्श गर्नु संविधान अनुकूल भएन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्व सैनिक अधिकारीसँग परामर्श गर्नु संविधान अनुकूल नभएको बताएका छन् ।

बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा.भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार नदिएको तर्क गरेका हुन् ।

उनले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक पूर्व सैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन । नेपालको संविधानले राष्ट्रपतिलाई कहीँकतै स्वविवेकीय अधिकार दिएको छैन ।’

चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077