Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई साम्पाङको अर्को कटाक्ष - व्यवस्थापन नमिलाई विस्थापित गर्न हुँदैन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई फेरि कटाक्ष गरेका छन् ।

काठमाडौंमा अनधिकृत रूपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला साम्पाङले यसै विषयमा फेसबुकमार्फत टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

यसअघि साम्पाङले फोहोर व्यवस्थापनको विषयमा पनि मेयर शाहलाई कटाक्ष गरेका थिए । काठमाडौं महानगरपालिकाले पछिल्लो समय नक्सा पास नगरी अवैध रूपमा बनाइएका संरचना हटाउन थालेको छ ।

बुधबार बिहान मेयर बालेनसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली डोजरसहित काठमाडौं मल पुगेर अवैध रूपमा बनाइएका संरचना भत्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077