Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुनले भने - एमाले पार्टी नभई कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सीईओ हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त' ले एमाले पार्टी नभई कर्पोरेट हाउस भएको बताएका छन् ।

पार्टीको बागमती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्दै पुनले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर तथा डेपुटी डाइरेक्टरको भूमिकामा रहेको पुनले बताए ।

ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको भनाइ थियो । अधिकांश एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि एमालेमै बसिरहेको उल्लेख गरे।

‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो। ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077