Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउनु हुदैन् : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउन नहुने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा गरेको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

जलविद्युत् महँगो भएमा भारत र बंगलादेशमा विद्युत् निर्यात हुन नसक्ने उनले बताए । सरकारको नीति र नियमको कारण परियोजना महँगो हुँदै गएको बताए ।

जलविद्युत् सस्तो वा महँगो बनाउने सरकारको गतिविधि र नीतिले निर्धारण गर्ने घिसिङले बताए । जलविद्युत् महँगो हुँदा जनतालाई समेत विद्युत् महँगो पर्न जाने घिसिङको भनाइ छ ।

जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077