Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका मेयर बालेन भन्छन् - बाटोमा फोहोर फाल्नेको सीसीटीभीबाट निगरानी हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सीसीटीभीबाट बाटोमा फोहोर फाल्नेको निगरानी गरिने बताएका छन् ।

बुधबार बिहान नेपाल प्रहरीले आयोजना गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् । उनले जथाभावी फोहोर फाल्नु अपराध भएको जिकिर गरे ।

उनले बाटोमा फोहोर फाल्ने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा समेत ल्याइने बताए ।

उपत्यकामा अपराध रोकथाम र नियन्त्रणमा महानगर सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता मेयर शाहले गरे ।

मेयर शाहले यसपालिको बजेट सिसीटिभी जडानका लागि पनि छुट्याएको जानकारी दिँदै प्रहरीलाई आवश्यक सबै सहयोग गर्न महानगर तयार रहेको बताए । काठमाडौं उपत्यकाको सबै फोहोर केही दिनभित्रै उठिसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077