Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब

काठमाडौं । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।

राईले भने, “नियमित सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सामग्री खरिद तथा तलब भत्ता र खाना खर्चका लागि बजेट माग गरिएको हो।” उनले निर्वाचन सुरक्षा अत्यन्तै संवेदनशील विषय भएकाले न्यूनतम सुविधा दिन सके सुरक्षाकर्मीको मनोबल उच्च हुने बताए ।

बजेट माग गरिएकोमध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077