Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेस प्रदेशका मुख्यमन्त्री राउत राजीनामा दिने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा माग गरेका हुन् । राउत यादवकै दल जसपाका नेता हुन् ।

भर्खरै बसेको जसपा कार्यकारिणी समितिको बैठकमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए । बैठकमा त्यस विषयमा मौन रहेका पार्टी अध्यक्ष यादवले सोमबार मात्रै राउतलाई राजीनामा गर्न निर्देशन दिएको सार्वजनिक गरेका हुन् ।

जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको छ । आजै वा भोलिसम्मा राजीनामा दिने तयारीमा मुख्यमन्त्री राउत रहेको रहेको स्रोतले बतायो ।

मुख्यमन्त्री राउतको राजीनामा गराएर अर्थमन्त्री शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारी उपेन्द्र यादवले गरेको बुझिएको छ। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077