झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी रिमोटबाट चल्ने पार्टी नभएको बताएका छन् ।
पहिलोपटक सोमबार झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले भने,’कुनै अँध्यारो कुना र शक्तिको रिमोटबाट राप्रपा नेपाल सञ्चालित हुँदैन ।’
राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गर्दै थापाले उच्च मनोबलसहित संगठन निर्माणमा क्रियाशील हुन कार्यकर्तालाई आग्रह गरे ।
नेपाली जनताले विकल्पको खोजी गरिरहेको भन्दै उनले राप्रपा नेपाललाई त्यस्तो शक्ति बनाउने अभियानमा आफू लागिरहेको बताए।
Leave a Reply