Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगको प्रस्ताव : मौन अवधिभन्दा १५ दिन अघि मात्र प्रचार प्रसार

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको १५ दिन अघिसम्म मात्र निर्वाचन प्रचार प्रसार गर्न दिने प्रस्ताव गरेको छ।

आयोगले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचार संहिताको बारेमा सोमबार राजनीतिक दलहरूसँग गरेको छलफलमा यस्तो प्रस्ताव गरेको हो।

आयोगले प्रचार प्रसारमा देखिएको भड्किलो शैलीलाई पनि नियन्त्रण गर्ने प्रस्ताव गरेको छ। आयोगले एक पटकमा २५ जनासम्मको र्‍याली गर्न पाउने प्रस्ताव गरेको छ।

त्यस्तै, आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनाव प्रचारप्रसारमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव अघि सारेको छ भने निर्वाचनमा बहालवाल मन्त्रीले कुनै पनि उमेदवारको निर्वाचन प्रचारप्रसार गर्न र भाषण गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताको परिच्छेद ३ मा संघीय, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा भाग लिन नपाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077