Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ब्रेक फेल भएर जीप दुर्घटना हुँदा ९ जना घाइते

प्यूठान । ब्रेक फेल भएर जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077