Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावका लागि हतियार अभाव, सेनाको आसमा सुरक्षाको चाँजो मिलाउँदै प्रहरी

काठमाडौं । नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाबारे सरकारलाई आवश्यक जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि आवश्यक हतियार र सुरक्षाकर्मीबारे औपचारिक जानकारी गराएको हो ।

प्रहरी स्रोतका अनुसार हेडक्वार्टरले आफूसँग हतियार र सुरक्षाकर्मी अपुग रहेको औपचारिक जानकारी गराएको हो । चुनावका लागि थप २६ सय हतियार आवश्यक रहेको प्रहरीले जनाएको छ । त्यसका लागि प्रहरीले सेनासँग  हतियार माग गरेको बताइएको छ ।

आगामी संघ र प्रदेशको चुनावमा एकै चरणमा गनुपर्ने र मतदानस्थल र मतपेटिका पनि स्थानीय तहको भन्दा बढी हुने भएकाले सुरक्षाकर्मीका साथै हतियार पनि यो पटक बढी चाहिने केन्द्रीय निर्वाचन सेलले उल्लेख गरेको छ।

सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ ।

प्रहरीले चुनावी प्रयोजनका लागि भन्दै ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको छ । बजेटको धेरै हिस्सा गाडी खरिद र भाडामा लिन प्रयोग हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077