Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मी २ बाट चुनाव लड्ने झाँक्रीको घोषणा, भन्छिन् - एमालेको विरासत तोडेर देखाउँछु

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।

गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन् 'हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूर्णता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।”

यसअघि पनि गठबन्धन दलभित्र गुल्मी २ बाट उठ्ने विषयमा छलफल भइरहेको जानकारी गराएकी थिइन् । झाँक्री गुल्मीकी स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077