Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाशशरण महतले अब राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नु बाध्यकारी भएको बताएका हुन् ।

उनले भने, ‘यसअघि केपी ओली सरकार आएको अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन अनुमोदन गर्नुभएको थियो । अहिले फिर्ता गर्दा पनि वहाँले ठोस कारण दिन सक्नुभएको छैन । विधेयकका विषय संविधानसँग कन्ट्राडिक्ट भएको अवस्थामा राष्ट्रपतिले फिर्ता गर्ने हो’

कांग्रेसले नागरिकता विधेयकबारे भ्रम भ्रम निवारण गरेको बताउँदै उनले अब नागरिकता विधेयक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077