Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना

डोटी । डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो।

धनगढीतर्फ आइरहेको गाउँपालिकाको जिप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जिप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा मानवीय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ। जिपमा एकजना वडाध्यक्ष र व्यापारीहरू सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077