Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित गरिनु दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विवादित नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित गरिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक हुबहु बहुमतले पारित गरेपछि थापाले यस्तो बताएका हुन् ।

उनले विवादित नागरिकता विधेयक पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको आरोप लगाए ।

उनले ट्वीटरमा लेखेका छन्-'पुनर्विचारका लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ । विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077