Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्समा DR Drill को कार्य गर्दै एनआईसी एशिया बैंक, विहिबार र शुक्रबार ६ घण्टा एटीएम र पीओएस सेवा अवरुद्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकले कार्ड कारोबारको स्वीचिङ सेवा प्रदायक नेपाल इलेक्टोनिक पेमेन्ट सिस्टम (NEPS) मा DR Drill को कार्य गर्नका लागि भन्दै शुक्रबार र शनिबार गरी दुई दिनमा ६ घण्टा एटीएम र पीओएस सेवा अवरुद्ध हुने जनाएको छ ।

बैंकले आज एक सूचना जारी गरी भदौ २ गते विहिबार बेलुका ८ः३० बजेदेखि राती ११ः३० बजेसम्म र भदौ ३ गते शुक्रबार दिउसो ३ बजेदेखि साँझ ६ बजेसम्म ६ घण्टा एटीएम र पीओएस सेवा अवरुद्ध हुने बैंकले जनाएको हो ।

बैंकले सो अवधिभर अवश्यक कारोबारका लागि बैंकको मोवाइल बैकिङ एप (NIC Asia MoBank) प्रयोग गर्न अनुरोध गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५५ जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू। १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू।३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 






प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077