Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्नैपर्छ : झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नो निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडी बढाएको दिन हो।’

उनले विद्रोह गर्दा दायाँबायाँका राजनीतिक अभिभावक छोडेर आएको समेत उल्लेख गरेकी छन्।

नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता भएको बताइन्। उनले अहिले आफ्नो पार्टीभित्र देखिएको भन्ने विवादको कुनै सत्यता नभएको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077