Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नागरिकता जस्तो संवेदनशील विषयमा राजनीति गर्न हुदैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओबादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकता जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको सन्दर्भमा पठाएको सन्देश र विधेयकमाथिको छलफलका क्रममा पुनले उक्त कुरा बताएका हुन् ।

पुनले भने, ‘राष्ट्रपतिले पठाएको नागरिकता पुर्नविचार सम्बन्धी सन्देशमा संविधानसँग बाँझिएको कुरा उल्लेख छैन ।

यो विधेयकलाई पास गरेर प्रमाणीकरणको लागि पठाउने व्यवस्था हुनुपर्छ । यो विधेयक अन्तिम होइन । अहिलको आवश्यकताका लागि प्रस्तुत गरिएको हो।'

सांसद पुनले कार्यकारी वा सरकारका दैनिक काममा प्रश्न उठाउनका लागि राष्ट्रपतिलाई संवैधानिक अधिकार नदिइएको बताए ।  पुनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई संसद्‍बाट पारित गरेर प्रमाणीकरणका लागि पठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077