काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् ।
बुधबार प्राधिकरणको ३७ औं वार्षिक कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयमन्त्री तथा प्राधिकरण सञ्चालन समिति अध्यक्ष पम्फा भुसालले प्राधिकरण नाफामा गएपनि कर्मचारीले बोनस नपाउने बताएकी हुन ।
प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् । उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्याउने कार्यमा लाग्न निर्देशन दिइन् ।
उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौं लगाएको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।