Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला जीप दुर्घटना : पाँचको मृत्यु, चालकसहित तीन जनाको अवस्था गम्भीर

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

नौँ जना घाइते भएका छन्। चालक करन कोलीसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ज ५५१ नम्बरको जिप दुर्घटना भएको हो । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।

दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छैन। घाइतेहरु सबैलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077