Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत प्राधिकरणको नाफा अझै बढ्ने कुलमान घिसिङको भनाई

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् ।

प्राधिकरणको ३७औं वार्षिक उत्सवमा काठमाडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए ।

प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझे बढ्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उनले विद्युत उपभाेग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घाेषाणा पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077