Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत प्राधिकरणको नाफा अझै बढ्छ : कुलमान घिसिङ

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७ औं वार्षिक उत्सवमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले प्राधिकरणलाई उत्कृष्ट बनाउने गरि काम गरिरहेको बताए । आर्थिक वर्ष २०७८÷७९ मा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको उनले बताए । प्राधिकरणको यो नाफा हालसम्मकै उच्च रहेको र आगामी दिन यो ग्राफ अझै बढ्ने बताए । आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उनले विद्युत उपभोग बढाउन विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गरे ।

प्रबन्ध निर्देशक घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको भन्दैै आगामी वर्षहरूमा थप बिजुली निर्यात गर्ने लक्ष्य लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077