Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको हो ।

राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ ।

जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी रहेको छ ।

जसपाबाट डा.बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077