Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल अफगानिस्तानमा

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवादका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ ।

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो ।

इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित बनेको हो । इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिवान लडाकु मारिएका छन् ।

साथै अर्का एक जना घाइते भएपछि तालिवान इरानप्रति रुष्ट बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077