Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुरु, प्रतिवेदनहरू प्रस्तुत हुँदै

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक शुरु भएको छ ।

बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा निर्वाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077