Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार

काठमाडौं । काठमाडौंको विष्णुमती खोलामा हामफालेका एक पुरूषको प्रहरीले उद्धार गरेको छ ।

आइतबार राति साढे सात बजे एक पुरूषले काठमाडौं महानगरपालिका १६ बालाजु चोक नजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए ।

ती पुरूषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अन्दाजी ४० ४५ वर्षीय ती पुरूषको पहिचान पनि खुलेको छैन ।

ती पुरूषको उद्धार गरी वीर अस्पताल लगिएको छ । उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077