Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यूठानमा जीप दुर्घटना हुँदा १४ जना घाइते, तीनको अवस्था गम्भीर

दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

बागदुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घा‍इतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ४ बहानेनजिक खहरे खोलामा जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइँदै गरेको प्यूठान प्रहरीले जनाएको छ ।

जीप सडकदेखि ४० मिटर तल खसेको छ । अनियन्त्रित भइ जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077