Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देशलाई माथि उठाउनका लागि आफू तल परेपनि केहि छैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले ल्याएका विचार र विकासका कामसँग अरु सरकारले प्रतिस्पर्धा गर्न आह्वान गरेका छन्।

आइतबार बिहान त्रिपुरेश्वरमा आयोजित युवासँग पूर्वप्रधानमन्त्री कार्यक्रममा ओलीले अरु सरकारले विकासका राम्रा काम गर्ने प्रतिस्पर्धा गर्न आह्वान गरेका हुन्।

ओलीले देशमाथि उठाउनका लागि आफू तल परेपनि केहि नभएको स्पष्ट पारे।

उनले भने, ‘कुरामाथि पारेर देश तल पार्नु हुँदैन। देशमाथि उठाउनका लागि आफू तल परेपनि केहि छैन। तर देश माथि हुनुपर्छ । ’

उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालोपानी हाम्रो जमिन भएको समेत भन्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077