Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरिसके, बिरामी भएँ घर पनि बेच्न पाउँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिरामी हुँदा घर बेचेर खर्च गर्न नसक्ने बताएका छन् । आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति राज्यको नाममा गरिसकेको बताउँदै उनले यस्तो बताएका हुन् ।

आइतबार बिहान काठमाडौंमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो निजी सम्पत्ति नभएको बताए ।

‘म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, तर बन्धक राख्न सक्दिनँ, बिरामी हुँदा उपचार खर्चका लागि बेच्न पनि सक्दिनँ’, उनले भने।

यस्तै ओलीले आफू युवाभन्दा कम सक्रिय नरहेको समेत बताएका छन् । बरु युवाहरु आफूसँग काम गर्दा थाक्ने गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077