Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुमपूर्वका सुरक्षा प्रमुखसहित ६ सुरक्षाकर्मी चढेको जीप दुर्घटना

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्ला सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ।

दुर्घटनामा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायव उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका छन्। भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेका छन् । गम्भीर घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077