Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिरामी परेकी तीर्थयात्रीलाई प्रहरीले गर्‍यो पिठ्यूँमा बोकेर उद्धार

रसुवा । रसुवाको गोसाईकुण्डमा धार्मिक यात्राबाट फर्किने क्रममा बिरामी परेकी तीर्थयात्रीको प्रहरीले पिठ्यूँमा बोकेर उद्धार गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका–५ मा रहेको गोसाईकुण्डबाट शुक्रबार बिहान १०ः४० बजेतिर फर्किँदै गरेकी नुवाकोटको ककनी गाउँपालिका–८ की ५० वर्षीया नारायणी भण्डारीको प्रहरीले उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले पिठ्यूँमा बोकेर लौरी बिनायकसम्म ल्याएको थियो ।

उनी तीर्थ यात्राबाट फर्किने क्रममा टाउको दुख्ने, जिउ दुख्ने र रिगाँटा लाग्ने समस्या भएर हिँड्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077