Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी सांसद पुन भन्छन् - प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग यही संसदबाट टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले दाबी गरेका छन्।

संसद बाहिर मंगलबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन्।

सोहीअनुसार नै महाअभियोग अघि बढाइएको स्पष्ट पारे। उनले समितिले छिटै अध्ययन र अनुसन्धानका काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए।

३ महिना भनेको अधिकतम समय भएको उल्लेख गर्दै यसलाई टुंगोमा पुर्‍याउने गरेरै महाअभियोग अघि बढाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077