Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो

    मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 942
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ४३.३५ अंकले घट्दै २० हजार ६२.८० अंकमा झरेको हो ।

    अघिल्लो दिन यस्तो सूचक १७.१५ अंकले घटेर २१ सय ६.१५ अंकमा अडिएको थियो । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.६८ अंकले घट्दै ३९७.४३ अंकमा झर्न पुगेको छ ।



    ४३ अंकले घटेको बजारमा आज कारोबार रकम समेत खुम्चिँदै २ अर्ब ८१ करोडमा सीमित भएको छ । १३ वटा उपसूचक मध्ये १३ वटै उपसूचक आज ऋणात्मक भएका छन् ।



    सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.२३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.९५ प्रतिशतले मात्र घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार