Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा इन्धनको मूल्य घटिरहेकाे छ नेपालमा घटाउन पर्‍याे: सांसद दिलकुमारी रावल

काठमाडौं । नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापाले इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरेकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरेकी हुन्।

साथै उनले निर्वाचन सम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन्। वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्। उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महंगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्नुपर्ने बताइन्।

सांसद थापाले संसद जारी रहेको उल्लेख गर्दै चालु संसदबाटै फास्टट्रयाकमा कानून संशोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराइन्।

उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्न निर्वाचन आयोगलाई आग्रह गरिन्। भयरहित रुपमा निर्वाचन सम्पन्न गराउने गरी प्रवन्ध मिलाउन उनले आयोगको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077